काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम सनराईजर्स हैदरवादले उम्रान मलिकलाई अनुबन्ध गरेको छ ।
हैदरवादले टी नटराजनको स्थानमा मलिकलाई टिममा अनुबन्ध गरेको हो ।
कोरोना संक्रमणको कारण नटराजनले बाँकी खेल गुमाउने छन् ।
२१ वर्षीय अलराउण्डर मलिकले जम्मु कास्मिरबाट खेल्ने गर्छन ।
मलिकले एक टी-ट्वान्टी र लिस्ट ए मखेल खेलेका छन् ।
उनी नेट बलरको रुपमा हैदरावादकै टिममा रहेका थिए ।