काठमाडौं । काठमाडौं किङ्स-११ का अलराउण्डर शाहिद अफ्रिदीले १० नम्बरको जर्सी लगाएर चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनबाट अफ्रिदीलाई सार्वजनिक गर्दै उनले १० नम्बरको जर्सी लगाउने जनाएको छ ।
ईपीएलको लागि पाकिस्तानका पूर्व कप्तान अफ्रिदी बिहीबार नेपाल आईपुगेका थिए ।
तर, अफ्रिदीले ईपीएलमा दुई खेल मात्र खेल्ने छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ।
उद्घाटनमा काठमाडौंले शनिबार साविक विजेता ललितपुर प्याट्रीयट्सविरुद्ध खेल्नेछ ।
काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्ने छन् । उनले २५ नम्बरको जर्सी लगाउने छन् ।
यस्तै काठमाडौंले प्रतियोगिताको लागि टिम तयार रहेको जनाएको छ ।
काठमाडौंले उपाधि जित्न विभिन्न रणनीति तय गरेको जनाएको छ ।