काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ ।
आबुधाबीमा बिहीबार राति भएको खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटले हराएको हो।
मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले । नितिश राना ५ रनमा अविजित रहे।
भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । सुबमन गिल १३ तथा कप्तान इयान मोर्गन ७ रनमा आउट भए ।
मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शर्माले ३३ रन जोड्दा केइरन पोलार्डले २१ रन जोडे ।
इशान किशनले १४ रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए ।
कोलकत्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २/२ विकेट लिए ।
यस जितसँगै कोलकत्ताले ९ खेलमा ८ अंक जोडेको छ ।
कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ ।
छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।