काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सको कप्तानी गर्ने भएका छन् ।
साविक विजेता समेत रहेको ललितपुरले बिहीबार कुशलले कप्तानी गर्ने जनाएको छ ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरले कुशललाई कप्तानीको जिम्मेवारी दिएको हो ।
ललितपुरले बिहीबार नै ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ ।
ज्ञानेन्द्रको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो ।
कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउदै ईपीएल नखेल्ने बताएका छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ विरुद्ध खेल्नेछ ।