काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ललाई भारतीय क्रिकेट खेल सामग्री उत्पादक कम्पनी रेड रक स्पोर्ट्सले प्रायोजन गरेको छ ।
नेपाली राष्ट्रिय टोलीका अलराउण्डर कुशलले बुधबार रेड रकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कुशल र रेड रकका नेपाल प्रतिनिधि महेश कठायतले सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा नेपालका पूर्व कप्तान पारस खड्काको उपस्थिति रहेको थियो ।
रेड रकले उनलाई एक वर्षका लागि प्रायोजन गरेको हो । सम्झौता रकम खुलाईएको छ ।
कुशल रेड रकबाट प्रायोजन पाउने पाँचौ नेपाली खेलाडी हुन् ।
यस अघि रेड रकले नेपालका आरिफ शेख, भिम सार्की, सोमपाल कामी, सन्दीप जोरा र करण केसीलाई प्रायोजन गरेको थियो ।