काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि श्रीलंकाका उपुल थरंगा र धम्मिका प्रसाद नेपाल आईपुगेका छन् ।
ईपीएल टिम भैरहवा ग्लाडीयटर्सले थरंगा र धम्मिका मंगलबार नेपाल आईपुगेको जनाएको छ ।
यस्तै भैरहवाका मुख्य प्रशिक्षक पुबुदु दसानायके पनि नेपाल आईपुगेका छन् ।
भैरहवाको कप्तानी शरद भेषवाकरले गर्ने छन्।
चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।