काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना हुने ईपीएलमा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन् ।
ईपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स-११ बीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।
ईपीएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको हो । यससँगै ईपीएल नेपालमा सर्वाधिक पुरस्कार राशीको फ़्रेन्चाइज क्रिकेट बनेको छ।
ईपीएल नजिकिदै गर्दा सहभागी टोलीले प्रतियोगिता खेल्ने टिम समेत तयार गरेका छन् । उपाधि जित्नका लागि सहभागी सबै टोलीले उत्कृष्ट टिम बनाएका छन् ।
सहभागी टोलीले नेपाली खेलाडीसँगै विभिन्न देशका नाम चलेका खेलाडी भित्र्याएका छन् ।
पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका असेला गुनारत्ने, वेस्ट इन्डिजका हेमराज चन्द्रपल, जिम्बावेका सिकन्दर राजा जस्ता खेलाडीले चौंथो संस्करणको ईपीएल खेल्ने छन् ।
कुन टिममा कस्ता खेलाडी ?
ललितपुर प्याट्रीयट्स
भैरहवा ग्ल्याडियटर्स
काठमाडौं किङ्स-११
पोखरा राइनोज
चितवन टाइगर्स
विराटनगर वारिवर्स