काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ ।
आबुधाबीमा सोमबार पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो ।
बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए । ग्लेन म्याक्सवेल १० रनमा आउट भए ।
कप्तान विराट कोहली ५ रनमा आउट भए ।
कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए ।
लक्की फर्गुसनले २ विकेट लिए ।