विराट चाहन्छन्, अर्को सिजन ‘फ्रेस’ सुरुआत
२०२१ सेप्टेम्बर २०, सोमबारखेलपाटी संवाददाता
काठमाडौं । जत्तिकै स्टार खेलाडी भए पनि, जत्तिकै मोटो न मोटो पारिश्रमिक खेलाडीलाई दिए पनि रोयल च्यालेन्जर्स बेंगलोरले अहिलेसम्म इन्डियन प्रिमियर लिग (आईपीएल) जितेको छैन् ।
यसको कारण के होला ? सायद ठ्याक्कै उत्तर कोहीसँग पनि छैन् । यसबीच यही टिमलाई लिएर भर्खरै एउटा ठूलो समाचार आएको छ ।
भारतीय ट्वान्टी ट्वान्टी क्रिकेट टिमका कप्तानी छाड्ने निर्णय सुनाएको तीन दिनपछि विराट कोहलीले एउटा अर्को ठूलो निर्णय सुनाएका छन् ।

त्यस अनुसार उनी अर्को सिजनको आईपीएलमा बेंगलोरको कप्तान रहने छैनन् । त्यसो भनेको उनी अहिले फेरि सुरु भएको आईपीएलको अहिलेको संस्करणमा मात्र बेंगलोरका कप्तान रहने छन् ।
सन् २००८ मा विराटले आफ्नै नेतृत्वमा यू–१९ विश्वकप जितेका थिए र लगतै बेंगलोरमा आवद्ध भए । सन् २०१२ देखि उनी बेंगलोरका कप्तान छन् । त्यस अगाडि बेंगलोरले ड्यानिएल भिटोरीको नेतृत्वमा खेलिरहेको थियो ।

अहिले ३२ वर्ष पुगिसकेका विराटले भनेका छन्, ‘यो सिजन मेरो कप्तानीको अन्तिम अवसर हुनेछ । यस्तो निर्णय गर्नेछुं भनेर मैले लामो समयदेखि सोचिरहेको थिएँ ।’
खासमा विराट चाहन्छन् के त ? भारतीय मिडियाले गरेको विश्लेषणलाई आधार मान्ने हो भने विराट अहिले आफ्नो खेल जीवनबारे गम्भीर भएर विश्लेषण गरिरहेका छन् । एक त उनको ब्याट चलिरहेको छैन्, त्यसमाथि बेंगलोरका लागि केही जित्न नसकेको आरोप छँदैछ । त्यसैले उनी अर्को सिजन ‘फ्रेस’ सुरुआत चाहन्छन् ।
र, त्यो ‘फ्रेस’ सुरुआत अनुसार विराट आईपीएलमा टिम फेर्ने पक्षमा भने छैनन् । उनले के पनि भनेका छन् भने उनका लागि आईपीएलमा खालि एउटै टिम मात्र छ र त्यो हो, बेंगलोर ।
–इन्डियन एक्सप्रेसको सहयोगमा ।

त्यसो भनेको उनले आईपीएलमा पहिलो पल्ट खेलेको पनि बेंगलोरकै लागि हो, अन्तिम पटक खेल्ने भनेको पनि बेंगलोरकै लागि हो । सायद उनी खालि ब्याट्सम्यानको भुमिकामै बढी केन्द्रित हुन चाहन्छन् ।
–इन्डियन एक्सप्रेसको सहयोगमा ।
र, यो पनि ....