काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई हराएको छ ।
दुबईमा आइतबार राति चेन्नईले साविक विजेता मुम्बईलाई २० रनले हराएको हो ।
चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन बनाए । एडम मिल्नेले १५ रनमा बनाए ।
चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चाहरले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
चेन्नईका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए ।
मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।
यस जितसँगै चेन्नईले ८ खेलमा १२ अंक जोडेको छ ।
चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।
मुम्बई ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
चेन्नई र मुम्बईको खेलसँगै कोरोना भाईरसको कारण स्थगित आईपीएलको बाँकी खेल सुरु भएको छ ।
आईपीएलमा अब ३० खेलहरु बाँकी रहेको छ । फाइनल खेल अक्टोबर १५ मा हुनेछ।