करण प्लेयर अफ दि म्याच
आइतबार, असोज ३, २०७८खेलपाटी संवाददाता
काठमाडौं । नेपालका तीव्र गतिका बलर करण केसी ओमानविरुद्धको खेलमा प्लेयर अफ दि म्याच चुनिएका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमानलाई पराजित गर्दा करण प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो ।
ओमानविरुद्ध करणले ४ विकेट लिएका थिए । उनले ८ ओभर बलिङ गर्दै २५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।














