सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

ज्ञानेन्द्रको अर्धशतक, ओमानमाथि नेपालको जित

आइतबार, ०३ आश्विन २०७८खेलपाटी संवाददाता
ज्ञानेन्द्रको अर्धशतक, ओमानमाथि नेपालको जित
Loading ad...
mustang rice ad

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो।

यससँगै नेपालले एकदिवसीय अन्तराष्ट्रियमा ओमानमाथि पहिलो जित निकालेको छ ।

ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले यस अघि अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए ।

मल्लले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको कीर्तिमानी साझेदारी गरे । नेपालको एकदिवसीय अन्तराष्ट्रियमा कुनै पनि विकेटका लागि भएको यो उच्च साझेदारी हो ।

ओपनर आसिफले ४० रन बनाए ।  शरद भेषवाकर १ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६/६ रनमा आउट भए ।

ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए ।

May be an image of 1 person and standing

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।  

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।

सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए ।

कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।

May be an image of 7 people, people standing, outdoors and text

यस जितसँगै नेपालले सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोर्यो ।

सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

यस जितपछि नेपालले ओमानविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । नेपालले आठ वर्षपछि ओमानलाई हराएको हो ।

नेपालले पछिल्लो पटक सन् २०१३ को विश्व क्रिकेट लिग डिभिजन-३ मा ओमानलाई हराएको थियो ।

ओमानलाई हराएपछि नेपाल लिग-२ को चौंथो स्थानमा समेत उक्लिएको छ । नेपालले ८ खेलमा ८ अंक जोडेको छ ।

ओमान १३  खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  

May be an image of 2 people, grass and text that says 'prayag CAN'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

Loading ad...
xTreme Energy Drink
नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी