काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
ओमानविरुद्ध नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्सन झा र कुशल मल्ललाई बाहिर राखिएको छ ।
शरद भेषवाकर र आरिफ शेखले ओमानविरुद्ध खेल्नेछन् । कुशल मल्ल र गुलशन झालाई टिम बाहिर राखिएको छ ।
आज नेपाल घरेलु टिमविरुद्ध जित निकाल्ने योजनामा रहेको छ । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ ।
सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।