काठमाडौं । अफगानिस्तानका रहमानउल्लाह गुर्बाजले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
विकेट किपर ब्याट्सम्यान गुर्बाजले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
काठमाडौंले शनिबार गुर्बाजलाई अनुबन्ध गरिएको जनाएको छ।
१९ वर्षीय गुर्बाजले अफगानिस्तानका लागि डेब्यु एकदिवसीय क्रिकेटमै शतक बनाउने खेलाडी हुन् ।
काठमाडौंले यस अघि सिंगापुरका जनक प्रकाशलाई पनि अनुबन्ध गरिसकेको छ ।
यस्तै काठमाडौंबाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले समेत खेल्ने छन्।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा काठमाडौं किङ्स-११ को कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।