त्यसको अर्थ न्युजिल्यान्डले पाकिस्तानविरुद्धको सिरिज नै रद्द गरेको छ । न्युजिल्यान्डले महसुस गरेको सुरक्षा चुनौती के थियो, त्यो अहिलेसम्म बाहिर आएको छैन् । स्वंय पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत न्युजिल्यान्डका खेलाडीलाई सुरक्षा मामिलामा ढुक्क हुन भनेका थिए । तर यी विदेशी पाहुनाले तिनै पूर्व क्रिकेट खेलाडी प्रधानमन्त्रीको कुरा भने पत्याएनन् ।
विदेशी टिमले पाकिस्तानमा खेल्ने वातावरण तयार हुन लागेको बेला न्युजिल्यान्डले पाकिस्तानी क्रिकेटका लागि यो धक्का दिएको हो । अब यस लगतै पाकिस्तान आउन लागेको इंग्ल्यान्डको भ्रमणमा पनि अन्यौलता छाएको छ । न्युजिल्यान्डको निर्णयपछि पाकिस्तानकै केही पूर्व क्रिकेट खेलाडीले सामाजिक संजालमा चर्को आक्रोस पोखेका छन् ।
विशेषत: शोएब अख्तरले भनेका छन्, ‘न्युजिल्यान्डले पाकिस्तानी क्रिकेटको हत्या नै गरेको छ ।’ पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाका लागि यो उत्तिकै ठूलो धक्का भएको छ । उनी अध्यक्ष भएको केही दिनमै न्युजिल्यान्डले पाकिस्तानमा खेल्न चाहेन । पूर्व प्रारम्भिक ब्याट्सम्यान रहेका राजाले पनि सामाजिक संजालमा प्रश्न गरेका छन्, ‘न्युजिल्यान्ड कुन दुनियामा छ ?’
–इन्डियन एक्सप्रेसको सहयोगमा ।