काठमाडौं । श्रीलंकाका अलराउण्डर असेला गुनारत्ने र साहन अराचिगेले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
असेला र साहनलेले पोखरा राइनोजबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
ईपीएलले शनिबार प्रतियोगितामा लागि असेला र साहनलाई पोखराले अनुबन्ध गरेको जनाएको छ ।
यस अघि पोखराले दक्षिण अफ्रीकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सलाई अनुबन्ध गरेको थियो ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।