काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान सनदुन विराकोडीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्।
श्रीलंकाका अन्तराष्ट्रिय सनदुन विराकोडीले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन्।
ललितपुरले सामाजिक संजालबाट बायाँ हाते ब्याट्सम्यान विराकोडीलाई अनुबन्ध गरिएको जनाएको छ ।
विराकोडी ललितपुरमा अनुबन्ध हुने पाँचौं विदेशी खेलाडी हुन् ।
यस अघि ललितपुरले श्रीलंकाका ओशाडा फर्नान्डो, अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई, भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाकेलाई अनुबन्ध गरिसकेको छ ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
उद्घाटन खेलमा ललितपुरले काठमाडौं किङ्स-११ सँग प्रतिस्पर्धा गर्नेछ ।