काठमाडौं । बलर गुलशन झाले नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको आज हुने खेलको सुरुवाती-११ मा पर्दै गुलशनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।
पहिलो पटक राष्ट्रिय टिममा परेका गुलशनले सुरुवाती दुई खेल भने खेलेका थिएनन् ।
अमेरिकाविरुद्ध भने उनले मौका पाएका हुन् । बिक्रम शोबको स्थानमा गुलशनले मौका पाएका हुन् ।
नेपाल पुलिस क्लबबाट खेलेका गुलशनले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण उनले टिमको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका थिए ।