बेलिंगहमले तोडे एमबाप्पेको कीर्तिमान
बुधबार, ३० भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा खेलाडी जुड बेलिंगहमले च्याम्पियन्स लिग फुटबलमा कीर्तिमान बनाएका छन्।
बेलिंगहमले लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका हुन्।
च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत अहिले जारी बेसिकटासविरुद्धको खेल गोल गर्दै बेलिंगहमले कीर्तिमान बनाएका हुन्।
बेलिंगहमले १८ वर्ष ७८ दिनमा गोल गर्दै कीर्तिमान बनाएका हुन्।
बेलिंगहमले पीएसजीका फरवार्ड केलियन एमबाप्पेको कीर्तिमान भङ्ग गरेका हुन्।
एमबाप्पेले २०१७ मा १८ वर्ष ८५ दिन हुँदा गोल गर्दै कीर्तिमान बनाएका थिए।
a













