इलियटको सफल शल्यक्रिया
बुधबार, ३० भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर हार्भे इलियटको चोटको सफल शल्यक्रिया गरिएको छ ।
इलियटको खुट्टाको एंकलमा लागेको चोटको शल्यक्रिया गरिएको हो ।
१८ वर्षीय मिडफिल्डरले आइतबार राति लिड्स युनाईटेडविरुद्धको खेलमा चोट बोकेका थिए ।
चोट बोकेपछि उनले स्ट्रेचरको सहायताबाट मैदान छाडेका थिए । जुन खेल लिभरपुलले ३-० ले जितेको थियो ।
इलियट यसै सिजन मैदान फर्कने बताईएको छ ।






-1775788668970.webp&w=3840&q=75)








