काठमाडौं । यूएस ओपन टेनिसको उपाधि रसियन खेलाडी डानिल मेदभेदेबले जितेका छन् ।
नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेबले यूएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् ।
मेदभेदेवले करियरको पहिलो ग्रान्डस्लाम उचालेका हुन् ।
विश्व वरियताको दोस्रो नम्बरमा रहेका उनले पछिल्ला दुई ग्रान्डस्लाम फाइनल पुगेर समेत गुमाएका थिए ।
उनले जोकोभिचमाथि ६–४, ६–४ र ६–४ को सेटमा जित निकाले ।
विश्व नम्बर एक जोकोभिचले यस वर्ष अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितेका थिए ।
३४ वर्षिय सर्वियन खेलाडी कीर्तिमानी २१ औं ग्रान्डस्लामको नजिक थिए ।
फाइनलमा जित प्राप्त गरेको खण्डमा उनले रोजर फेडेरर र राफेल नाडाललाई मुख्य उपाधिमा पछि पार्ने थिए ।