पुनको अध्यक्षतामा ब्रिगेडको नयाँ कार्यसमिति
शनिबार, २६ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लबले डा. लाल कुमार पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
ब्रिगेडको २१ औं साधारणसभाले शनिबार पुनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ समितिको उपाध्यक्षमा राजु हैज्यु र महासचिवमा स्मिथ लामा रहेका छन् ।
सचिवमा मिना कुमारी राई र कोषाध्यक्षमा अरबिन्द गुरुङ रहेका छन् ।
यस्तै सदस्यमा सनोज श्रेष्ठ, हेरेन्द्र भट्टराई, सुर्य पोखरेल, योक बहादुर थापा, सन्दीप घिमिरे, विनय भट्टराई, राजु श्रेष्ठ र अनुप बस्नेत रहेका छन् ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)