काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।
शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
रोमान्चक बनेको खेलको पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाएको थियो । तर, त्यसपछिको दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनायो ।
चौंथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो। पाँचौ सेटमा ६-२ को जित निकाल्दै जोकोभिक उपाधि नजिक पुगेका हुन्।
अब जोकोभिचले उपाधिका लागि रुसका डानियल मेदभेदेबसँग खेल्नेछन् ।
डानियलले क्यानडाका फेलिक्स अगरलाई हराउँदै फाइनल यात्रा तय गरिसकेका छन् ।
दोस्रो वरीयताका डानियलले फेलिक्समाथि ६-४,७-५ र ६-२ को सेटमा पराजित गरे।
३४ वर्षीय जोकोभिच कीर्तिमानी २१ पटक ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।
युएस ओपनको उपाधि जितेमा जोकोभिचले कीर्तिमान बनाउने छन्।
महिलातर्फको उपाधिका लागि एम्मा राडुकानु र लेला फर्नान्डेजबीच प्रतिस्पर्धा हुनेछ ।