पाब्लोको डेब्यु गोलमा स्पेनको जित
बिहिबार, २४ भाद्र २०७८खेलपाटी संवाददाता

एजेन्सी । विश्वकपको युरोपेली छनोटमा स्पेनले सहज जित निकालेको छ ।
बुधबार राति स्पेनले कोसोभोलाई २–० ले हराएको हो ।
वेस्ट ह्याम मिडफिल्डर पाब्लो फोर्नाल्सले डेब्यु खेलमै गोल गरेपछि स्पेनले विश्वकपमा सिधै छनोट हुने सम्भावना बढाएको छ ।
उनले ३२ औं मिनेटमा कठिन कोणबाट गोल गर्दै टिमलाई अघि बढाएका थिए । म्यान्चेष्टर सिटीका फेरान टोरेसले स्पेनको अग्रतालाई दोब्बर बनाउने काम गरे ।
लुइस एनरिके नेतृत्वको स्पेन १३ अंक सहित समुह बीको शीर्ष स्थानमा छ । स्पेनले दोस्रो स्थानको स्विडेनसंग चार अंकको अग्रता लिएको छ ।
स्विडेनले दुई खेल कम खेलेको छ । उसले ग्रिकसंग २–१ को हार पनि ब्यहोरेको छ ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)