उरुग्वे र पेरुको जित
सोमबार, २१ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेले जित निकालेको छ ।
सोमबार बिहान भएको खेलमा उरुग्वेले बोलिभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको जितमा जर्जियन डी आरेसकाइटाले दुई गोल गरे । यस्तै फेडेरिको भल्भार्डे र अगस्टिन अल्भारेजले एक एक गोल गरे ।
बोलिभियाका मार्सेलो मोरेनोले दुई गोल फर्काए ।
यस जितसँगै उरुग्वेले ८ खेलमा १२ अंक जोडेको छ ।
उरुग्वे तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।
बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्को खेलमा पेरुले भेनेजुएलालाई १-० ले हराएको छ ।
पेरुको जितमा क्रिस्टियन क्युएभाले निर्णायक गोल गरे ।
थोमस रिनकोनले रातो कार्ड पाएपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो ।
यस्तै पाराग्वेले कोलम्बियासँग १-१ गोलको बराबरी खेलेको छ ।
चिली र इक्वेडरले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)