काठमाडौं । नेपाल प्रहरीकी पार्वती गुरुङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको महिला एकलको १८–३५ वर्षमा आइतबार स्वर्ण जितेका छन् ।
पार्वतीले ७.१३ अंक जोडिन् । ६.८४ अंकसाथ आर्मीकी सिना मादेन दोश्रो भइन् । तेश्रो स्थानमा रहेका आर्मीका आयेशा शाक्यले ६.६१ तथा प्रशंसा क्षेत्रीले ६.५४ अंक बटुले । शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । १३ औं सागमा आयशाले दोहोरो स्वर्ण जितेकी थिइन् ।
नेपाल तेक्वान्दो संघको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको प्रतियोगिताको पुरुष एकल १५–१७ वर्षमा गोदावरी इन्टरनेसनलका श्रृजल श्रेष्ठले ६.३८ अंक जोड्दै शीर्ष स्थान हात पारे । ६.३४ अंकमा आर्मीका सुजन श्रेष्ठ दोश्रो भए । मूलपानी तेक्वान्दो डोजाङका आयुश ढुंगेल र चन्द्रसूर्यका यज्ञ राईले तेश्रो स्थानमा चित्त बुझाए ।
महिला एकलको १२–१४ वर्षमा कोटेश्वरकी सन्ध्या लामा (६.५९ अंक) ले स्वर्ण तथा गोदावरीकी सर्गम थापा (६.२८ अंक) ले रजत जिते । स्यूचाटारकी रोशनी शाह र सुप्रिमकी तारा वाइबाले संयुक्त रुपमा कांस्य जिते ।