जोकोभिच चौंथो चरणमा, बार्टी बाहिर
आइतबार, भदौ २०, २०७८खेलपाटी संवाददाता
काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन्।
शनिबार राति भएको खेलमा जापानका केइ निसिकोरीलाई पराजित गर्दै जोकोभिचले चौंथो चरणको यात्रा गरेका हुन्।
सर्बियन जोकोभिचले निसिकोरीमाथि ६-७(४-७), ६-३, ६-३ र ६-२ को सेटमा पराजित गरे।
अब जोकोभिचले चौंथो चरणमा अमेरिकाका जेनसन ब्रुक्सबीसँग खेल्नेछन्।
महिलातर्फ विश्व नम्बर एक अस्लेइग बार्टी तेस्रो चरणबाट बाहिरिएकी छिन्।
अष्ट्रेलियाकी बार्टी अमेरिकी खेलाडी सेल्बी रोजर्ससँग २-६, ६-१ र ६-७(५-७) ले पराजित भईन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)