ब्राजिलको लगातार सातौं जित
शुक्रबार, १८ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । ब्राजिलले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा लगातार सातौं जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले शतप्रतिशत जित निकालेको हो ।
ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै ब्राजिलले ७ खेलमा ७ जितसहित २१ अंक जोडेको छ ।
ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
चिली ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत नै उरुग्वेले पेरुसँग १-१ गोलको बराबरी खेलेको छ ।
त्यस्तै कोलम्बियाले बोलिभियासँग १-१ गोलको बराबरी खेल्दा इक्वेडरले पाराग्वेलाई २-० ले हराएको छ ।







-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)
-1767162700754.jpg&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)
