काठमाडौं । ग्रीसका स्टेफानोस सिसेपस युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बिहीबार भएको खेलमा फ्रान्सका एड्रिन मान्नारिनोलाई पराजित गर्दै स्टेफानोसले तेस्रो चरणमा स्थान पक्का गरेका हुन्।
तेस्रो वरीयताका स्टेफानोसले एड्रिनमाथि ६-३,६-४,६-७ (४-७) र ६-० को सेटमा पराजित गरे ।
अब स्टेफानोसले स्पेनका कार्लोस गार्फियासँग खेल्ने छन्।
पुरुषतर्फ नै रुसका डानियल मेदभेदेबले पनि तेस्रो चरणमा स्थान बनाएका छन्।