ओसाका र हालेप तेस्रो चरणमा
बुधबार, १६ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। साविक विजेता नोआमी ओसाका युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
तेस्रो वरियताकी ओसाका सर्बियाकी ओल्गा डानिलोभिचबाट वाकओभर पाउँदै तेस्रो चरणमा पुगेकी हुन् ।
मेडिकलको कारण देखाउँदै सर्बियन खेलाडीले नाम फिर्ता लिएकी थिइन् ।
महिलातर्फ नै पूर्व विश्व नम्बर एक सिमोना हालेप तेस्रो चरणमा प्रवेश गरेकी छिन्।
रोमानियाकी हालेपले स्लोभाकियाकी क्रिस्टिना कुकोभालाई पराजित गरिन्।
हालेपले क्रिस्टिनामाथि लाई ६-३ र ६-१ को सेटमा जित निकालिन्।










-1770628505169.jpg&w=3840&q=75)



