काठमाडौं । इथोपियाकी धाविका यालेमजर्फ यहुवलोले महिलाको हाफ म्याराथनमा विश्व कीर्तिमान बनाएकी छिन्।
नर्दन आयरल्याण्डमा भएको एन्ट्रिम कोस्ट हाफ म्याराथनमा यालेमजर्फले कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।
यालेमजर्फले निर्धारित दुरी ६३ मिनेट ४३ सकेन्ड (१ घण्टा ३ मिनेट ४३ ) मा पूरा गर्दै कीर्तिमान बनाईन ।
२२ वर्षिया यालेमजर्फले केन्याली धाविका रुथ चेप्गेटिचको कीर्तिमान भङ्ग गरेकी हुन्।
चेप्गेटिचको नाममा ६४ मिनेट ०२ सेकेन्डको कीर्तिमान रहेको थियो ।
'मेरो सपना सत्य भएको छ । यस अघि दुई पटक कीर्तिमान बनाउन असफल भएको थिए । तर, म आज खुशी छु,' कीर्तिमान बनाएपछि उनले भनिन् ।
यस स्पर्धामा केन्याकी भान एनयामबोकेले १ घण्टा ९ मिनेट ४४ सकेन्डको समयसहित रजत र इंग्ल्यान्डकी रोस हार्भेले १ घण्टा १० मिनेट २८ सकेन्डको समयसहित कास्य जितिन् ।
पुरुषतर्फको स्वर्ण इथोपियाकै जेमल यिमेरले हात पारे। इथोपियाकै तेस्फाहुन अकेलन्युले रजत र केन्याका किमिङले कास्य पदक जिते।