बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोहितले भारतविरुद्धको मैत्रीपूर्ण गुमाउने

शनिबार, १२ भाद्र २०७८खेलपाटी संवाददाता
रोहितले भारतविरुद्धको मैत्रीपूर्ण गुमाउने

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

इन्डोनेसियाको रहेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन् । रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर रोहित ९ दिन अघि इन्डोनेसिया प्रस्थान गरेका थिए । उनले शुक्रबारमात्र ८ दिनको क्वारेन्टाइनको समय पूरा गरेका छन् । इन्डोनेसियाको लिग शुक्रबारबाट सुरु भएको छ ।

रोहितका मेन्टर समेत रहेका दाजु रबिन्द्र चन्दले मुख्य प्रशिक्षकसँगको सल्लाह अनुसार उनी इन्डोनेसिया उडेको बताए । उनले प्रशिक्षककै स्विकृतिमा रोहित इन्डोनेसिया गएको बताए ।

‘कोभिडका कारण कठिन अवस्थामा उताको लिग सुरु भएको छ । क्लबले समेत बोलायो । साफ च्याम्पियनसिप रि–सेड्युल गर्ने बित्तिकै प्रतियोगिता लामो हुन गयो । कुनैपनि क्लबले लामो समय खेलाडीलाई रिलिज गर्न मान्दैन ।’ रबिन्द्रले खेलपाटीसँग भने, ‘साफलाई महत्वमा राखेको हुनाले रोहित भारतविरुद्ध उपलब्ध नहुने भएका हुन् ।’

‘मैत्रीपूर्ण खेल भन्दा हाम्रो आधिकारिक प्रतियोगिता साफ च्याम्पियनसिप हो । प्रशिक्षकलाई समेत सबै कुरा बुझाएर रोहित बाहिर गएका हुन् ।’ उनले थपे ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।  मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ। 

राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले रोहित राष्ट्रिय टिमको क्याम्पमा नरहेको बताए । उनले भने, 'रोहित हामीसँग क्याममा छैनन् । विदामा छन् । इन्डोनेसिया गएका छन् । अहिलेसम्म मैत्रीपूर्णको लागि आउने नआउने टुंगो छैन ।'

रोहित राष्ट्रिय टिमका महत्वपुर्ण सदस्य हुन् । पर्सिजामा डिफेन्सिभ मिडफिल्डरको रुपमा खेलिरहेका उनी पछिल्लो समय राष्ट्रिय फुटबल टिममा सेन्टर डिफेन्सको भुमिकामा देखिएका थिए ।

उनकै प्रेरणादायी प्रर्दशनमा नेपालल गतृ चैतमा सम्पन्न थ्री नेसन्स कपको उपाधि उचालेको थियो । उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाललाई रोहितको अभाव खड्कने देखिन्छ । तर रोहितले साफका लागि आफुलाई प्रतिबद्ध राख्न चाहेको दाजु रबिन्दले बताए ।

'क्वारेन्टाइनको नियमले गर्दा समेत गाह्रो भयो । नत्र रोहित भारतविरुद्ध खेल्ने सम्भावना थियो ।' उनले भने, 'कोभिडको पछिल्लो अवस्थाले विदेशी लिग खेल्ने खेलाडीलाई धेरै समस्या बनाएको छ ।'

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका