आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

प्रतिवेदन बुझाउँदै छानविन समिति

बुधबार, भदौ ९, २०७८खेलपाटी संवाददाता
प्रतिवेदन बुझाउँदै छानविन समिति
Classic Tech Internet Ad

काठमाडौं । फुटबल विवाद छानविनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्धारा गठिन समितिले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सहमतीको प्रयास असफल भएपछि समितिले छानविन प्रतिवेदन राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाउने तयारी गरेको हो ।

समितिले विवादका मुख्य पात्र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच सहमती जुटाउने गृहकार्य समेत गरेको थियो । तर दुवै पक्ष आफ्नो अडानबाट 'टसमस' नभएपछि समितिले अनुसन्धान प्रतिवेदन आज (बुधबार) बुझाउन लागेको हो ।

दुवै पक्षले आफुसंग माफी माग्नुपर्ने अडान राखेपछि सहमती जुट्न नसकेको बताईएको छ ।

समिति प्रवक्ता एवंम बोर्ड सदस्य सुवर्ण श्रेष्ठले छानविन प्रतिवेदन राखेपमा बुझाइने बताईन् ।

‘सदस्य सचिवको समय प्राप्त भएको छैन । तर साँझसम्म प्रतिवेदन राखेपमा बुझाउने तयारी गरेका छौं ।’ उनले खेलपाटीसंग भनिन् ।

उनले प्रतिवेदन कार्यान्वयनका लागि सहज होस् भनेर बुँदागत रुपमा सुझाव निष्कर्श निकालिएको बताइन् ।

‘प्रतिवेदन कार्यान्वयनमा सहज होस भनेर सुझाव र निष्कर्श लेखेका छौं ।’ उनले थपिन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबलमा विवाद चर्किएको थियो । प्रशिक्षकले वरिष्ठ उपाध्यक्षका कारण आफुले तनाव झेलिरहेको उल्लेख गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए । तर एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहितका पदाधिकारीले सम्झाएपछि उनी राजीनामा दिने प्रक्रियाबाट पछि हटेका थिए ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले भने राजनीतिक प्रतिशोधका आधारमा आफुमाथि आरोप लगाईएको उल्लेख गर्दै छानविनका लागि एन्फामा निवेदन दिएका थिए । प्रशिक्षक अलमुताइरीले समेत घटनाको अनुसन्धानका लागि निवेदन दिएका थिए ।

एन्फाको आकस्मिक कार्यसमिति बैठकले घटनाको छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयललाई आग्रह गर्ने निर्णय गरेको थियो । मन्त्रालयले घटनाको छानविन गरि सुझाव सहितको प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएको थियो ।

राखेपले फुटबल विवाद छानविनका लागि बोर्ड सदस्य पुरेन्द्रबिक्रम लाखे नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । समितिले घटनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका व्यक्तिसंग बयान लिएर आवश्यक कागजातको अध्ययन गरि प्रतिवेदन तयार पारेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल