आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

सागमा अनियमितता : ६ गुणासम्म लागत बढाएर खरिद

शनिबार, भदौ ५, २०७८खेलपाटी संवाददाता
सागमा अनियमितता : ६ गुणासम्म लागत बढाएर खरिद
Classic Tech Internet Ad

काठमाडौं । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको खेल सामान खरिदमा आर्थिक अनियमितता भएको देखाएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार साग खेलकुदमा ६ गुणासम्म लागत अनुमान गरेर खेल सामाग्री खरिद गरिएको भन्दै प्रश्न उठाएको हो । 

राखेपले बनाएको खरिद समितिले लागत अनुमान तयार गर्दा आवश्यक कागजात समावेश नगरी परिषदमा सूचीकृत भएका तीन राष्ट्रिय आपूर्तकको दररेटका आधारमा ४० करोड ९६ लाख लागत अनुमान स्वीकृत गरेको र लागत अनुमानकै दरमा सामाग्री खरिद गरेको उल्लेख गरेको छ ।

प्रतिवेदनमा खेलकुद सामाग्रीको नमूना परिक्षण गर्दा कबड्डीको म्याटको सामान्य बजार दर १ हजार ७ सय रहेकोमा ३ हजार लागत अनुमान तयार गरेको, इलेक्ट्रोनिक स्कोर बोर्डको सामान्य बजार दर २५ हजार रहेकोमा १ लाख ५० हजार लागत अनुमान तयार गरेको, बक्सिङ ग्लोभ्सको सामान्य बजार दर ३ हजार ८ सय ५० रहेकोमा १५ हजार लागत अनुमान तयार रहेको उल्लेख छ । महालेखाले लागत अनुमाननै यथार्थ नरहेकाले सो लागत अनुमानको आधारमा खरिद भएको खर्चमा अनियमितता भएको देखाएको हो ।

साग खेलकुदको दौरान पुरेन्द्रबिक्रम लाखे संयोजकत्वको लागत अनुमान समिति गठन गरिएको थियो । 

No description available.

खेल सामाग्रीका गुणस्तर र परिमाणमा प्रश्न :

महालेखाले सम्बन्धित खेलकुद संघले लागत अनुमान समितिमा निर्धारण भएको संख्याको आधारमा २३ करोड ४ लाख रुपैयाँ बराबरको खेल सामाग्री खरिद भएपनि सम्बन्धित खेल संघका पदाधिकारीले सामान बुझेको आधारमा खरिद गरिएका मालसामान मौज्दात रहेको नदेखिएको उल्लेख गरेको छ । प्रतिवेदनले खेल सामाग्री तोकिएको गुणस्तर र परिमाणमा प्राप्त भई खेल स्थलमानै प्रयाग भएको सुनिश्चित हुन नसकेको जनाएको छ ।

महालेखाले खेल संघका अध्यक्ष, महासचिव, मुख्य प्रशिक्षकको माग अनुसार बुझेको सामान खेलाडीलाई दिएको विवरण नराखेकाले खेलाडीले तोकिएको परिमाण र गुणस्तरका खेल सामाग्री समयमै पाए÷नपाएको सम्बन्धमा प्रश्न उठाएको छ । 

कमिसनको लोभमा बढी सामान खरिद :

महालेखापरीक्षकको प्रतिवेदन अनुसार स्थलगत निरीक्षण गर्दा स्पोर्टस किट्स १ हजार ७ सय ७ सेट मौज्दात देखिएको उल्लेख गरेको छ ।

प्रतिसेट १२ हजारको दरले २ करोड ४ लाख ८४ हजार समान प्रयोग नहुदाँ आवश्यकता भन्दा बढी बजेट सामान खरिदमा खर्च भएको देखिएको छ । कमिसनको लोभमा आवश्यकता भन्दा बढी सामान खरिद गरेको आशंका प्रतिवेदनमा देखिन्छ ।

पोशाक खरिदमा अनियमितता :

प्रतियोगिताको निर्देशिका अनुसार नेपाली खेलाडी, अफिसियल, प्रशिक्षक तथा व्यवस्थापकलाई मात्र पोशाक उपलब्ध गराउनुपर्नेमा सदस्य सचिव स्तरीय निर्णयबाट ३ सय ९३ पदाधिकारी, कर्मचारी र विशिष्ट व्यक्तिलाई समेत पोशाक उपलब्ध गराउने निर्णय गर्दा राज्यलाई ३३ लाख ६८ हजार थप व्ययभार पर्न गएको प्रतिवेदनले देखाएको छ । 

साग प्रतियोगिता आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार सहभागी हुने स्वदेशी खेलाडी, प्रशिक्षक र व्यवस्थापक टोलीलाई कार्यकारी समितिले तोके अनुसारको पोशाक उपलब्ध गराउने व्यवस्था रहेपनि सदस्य सचिव स्तरीय निर्णयबाट आयोजक समितिका पदाधिकारी, विषयगत समितिका पदाधिकारी, विशिष्ट व्यक्ति र कर्मचारी समेत ३ सय ९३ समेत गरि १ हजार १ सय ८ जनालाई ब्लेजर, दौरा, सुरुवाल, सारी, ब्लाउज र मोनोग्राम उपलब्ध गराउने निर्णय अनुसार ९६ लाख ८२ हजारको पोशाक खरिद गरिएको थियो ।

खेल सामाग्री खरिद :

खेल सामाग्री खरिदको बोलपत्र खोल्दा व्याडमिन्टनको सामान खरिदको प्याकेजमात्र छनौट भएको, म्यादभित्र आपूर्ति गर्न नसक्ने गरी कार्य तालिका पेश गरेको, प्राविधिक स्पेसिफिकेसन नभएको, बोलपत्रमा हस्ताक्षर नभएको, जमानत रकम कम भएको कारणले ४१ प्याकेज सारभुत रुपमा प्रभावग्राही नभएको र ४० प्याकेजमा बोलपत्र दर्ता नभएको उल्लेख गरी एक आपूर्तकबाट सोझै वार्ता गरी विभिन्न १५ खेलका १६ हरोड ३५ लाखका सामाग्री खरिद सम्झौता भएको देखिन्छ । आपूर्तकले सुटिङ खेलको सामाग्री आपूर्ति नगरेका कारण खेल प्रभावित हुँदा समेत परिषद्ले आपूर्तिकर्तालाई कारबाही नगरेको देखिएको छ । महालेखाले तोकिएको खेल सामाग्री आपूर्ति नहुँदा हुन गएको क्षति यकिन गरी आपूर्तिकर्तालाई सार्वजनिक खरिद नियमावली अनुसार कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखी पठाउन भनेको छ ।

प्रतिवदेनले समयमै बजेट एवं कार्यक्रम तय भैसकेको अवस्थामा पूव तयारी नगरी खेल सुरु हुनुभन्दा केही समय अघि प्रतिस्पर्धा सीमित गर्ने तरी खरिद कार्य गर्नु उपयुक्त नदेखिएको उल्लेख गरेको छ ।

प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनीक गर्नुपर्ने भएपनि राखेपले करिब एक वर्षसम्म हिसाब सार्वजनीक गरेको थिएन । सदस्य सचिव रमेशकुमार सिलवालले आफ्नो एक वर्षे कार्यकाल सकिनु हप्ता दिन अघि मात्र पत्रकार सम्मेलन गरेर सागको खर्च विवरण सुनाएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन