एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन् ।
सापोरो ओडोरी पार्कमा आइतबार निर्धारित दुरी २ घण्टा ८ मिनेटमा ३८ सकेन्डमा पूरा गर्दै किपचोगेले स्वर्ण पदक जितेका हुन् ।
३७ वर्षीय किपचोगेले लगातार दोस्रो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका हुन् । किपचोगेले २०१६ को रियो ओलम्पिकमा समेत स्वर्ण पदक जितेका थिए ।
म्याराथनमा किपचोगेकै नाममा विश्व कीर्तिमान रहेको छ । उनले २०१८ मा बर्लिन म्याराथनमा २ घण्टा १ मिनेटमा ३९ सकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।
म्याराथनतर्फ नेदरल्यान्ड्सका अब्दी नागीएले २ घण्टा ९ मिनेटमा ५८ सकेन्डको समय निकाल्दै रजत हात पारे ।
यस्तै बेल्जियमका बाशीर अब्दीले २ घण्टा १० मिनेटको समयसहित कास्य पदक जितेका छन् ।