काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका छन् ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन् ।
विदेशी प्रशिक्षकले एन्फाका वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा आरोप लगाउदै राजीनामाको घोषणा गरेपछि प्रवक्ता राई पनि असन्तुष्ट छन् ।