काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव बसन्त राज अर्यालले पदबाट राजीनामा दिएका छन् ।
सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा दिएका हुन् ।
सहायक महासचिव अर्यालले २०६६ माघ २६ को साधारणसभाले विधान संसोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहन नैतिक संकट परेकोले पदबाट अलग हुने निर्णय गरेको बताएका छन् ।
अर्याल मनोनयनबाट सहायक महासचिव पदमा एन्फाको कार्यसमितिमा आएका थिए ।
अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घले सहित १७ जनालाई कार्यसमितिमा मनोनित गरेका थिए ।