काठमाडौं । नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेश्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका छन् ।
एमिलका खेलाडीले ३ स्वर्णसहित समान १–१ रजत र कांस्य पनि जितेका छन् ।
पुरुष यू–१० मा एड्रिम राई र यू–९ मा कर्मा तामाङ तथा महिला यू–७ मा विशेषता रन्जितले स्वर्ण चुमे ।
पुरुष यू–९ मा आराध्यादेव अछामीले रजत तथा यू-१३ ब्ल्याकवेल्टमा स्वरुप बायुङ राईले रजत हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जनाएका छन् ।
प्रतियोगितामा राईले निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।
प्रतियोगितामा एमिलबाट ५ खेलाडी सहभागी भएको पाँचैले पदक हात पार्न सपफल भएका हुन् ।
प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो ।