काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को होस्टल व्यवस्थापन समितिले राजीनामा दिएको छ ।
दिनेश व्यञ्जनकारको संयोजकत्वमा रहेको ३ सदस्सीय समितिले मंगलबार सामूहिक राजीनामा बुझाएका हुन् ।
समितिका अरुणमान जोशी र राजेन्द्र न्यौपाने सदस्य रहेका थिए ।
समितिका पदाधिकारीले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई राजीना पत्र बुझाएका थिए ।
एन्फाका केन्द्रीय सदस्य समेत रहेका व्यञ्जनकारले काम गर्ने वातावरण नभएकोले राजीनामा दिएको बताए ।
'हामीलाई जिम्मेवारी दिएको थियो । तर, काम गर्ने वातावरण भएन । ओभरटेक भयो । त्यसैले आज राजीनामा दिएका हौँ,' खेलपाटीसँग व्यञ्जनकारले भने ।
यस अघि पनि समितिले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका थिए ।
तर, काम गर्ने वातावरण मिल्ने आश्वासनपछि समितिले राजीनामा फिर्ता लिएका थिए ।