काठमाडौं । वर्ल्ड तेक्वान्दो एसिया पुम्से खुला अनलाइन च्याम्पियनसिपका लागि दुई नेपाली अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका छन् ।
अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकमा छनोट भएका हुन् ।
नेपालबाट दुई निर्णायक मात्र छनोट भएको बताइएको छ ।
प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म सञ्चालन हुने छ । त्यसअघि प्राविधिकको भर्चुअल बैठक जुलाई १० तारिखमा हुने छ ।