आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
  4. /
  5. मैले भोगे, अरुले भोग्न नपरोस – गोपीचन्द्र

मैले भोगे, अरुले भोग्न नपरोस – गोपीचन्द्र

२०२१ जुलाई १, बिहिबारखेलपाटी संवाददाता

मैले भोगे, अरुले भोग्न नपरोस – गोपीचन्द्र

काठमाडौं । एथलेटिक्स खेलाडी गोपीचन्द्र पार्कीले अन्तिम समयमा ओलम्पिक जानबाट बञ्चित हुनु बिडम्बनापूर्ण भएको बताएका छन् ।

खेलपाटीसंग कुरा गर्दै पार्कीले कसैलाई दोष दिने अवस्था नभएपनि आन्तरिक रुपमा केही गलत भएको बताए ।

‘अवस्था शब्दमा बयान गरि साध्य छैन । खासमा कहाँ नेर चुक्यो भन्ने थाहा भएन । केही गलत भएको छ । प्रत्यक्ष कसैलाई केही भन्ने अवस्था छैन ।’ उनले भने ।

उनले एथलेटिक्सको ईतिहासमा यस्तो पहिलो पटक भएको उल्लेख गर्दै ओलम्पिक खेल्न बञ्चित हुने घटनाले आफुलाई एकदम दुखी बनाएको बताए ।

‘मुख्य प्राविधिक समस्या जस्तो देखियो । अन्तिममा आएर म्याराथनमा कोटा नभएको भन्ने छ । कसैलाई दोष दिने काम छैन । भाग्यमा रहेनछ भन्ने लागेको छ ।’ उनले भने ।

म्याराथनको हकमा कोटा भन्दा धेरै आवेदन परेको भन्दै प्रतियोगिताको संघारमा आएर नेपालबाट म्याराथन नभएर एथलेटिक्सको महिला विधाको सय मिटरमा सरस्वती चौधरीको नाम सिफारिस गरिएको छ ।

ओलम्पिकका लागि भन्दै करिब डेढ वर्षदेखि मेहनत गरिरहेका पार्कीको अन्तिम समयमा आएर नाम सूचिबाट निकालिएको हो ।

‘अन्तिममा उड्ने बेला रद्ध भएको खबर आयो । यो पिडा शब्दमा बयान गरि साध्य छैन । केही बोल्नु भनेको आफैलाई दोषी बनाउनु हो । चोट कोट्याउनु हो ।’ उनले भने, ‘मैले भोग, अरु खेलाडीले भोग्न नपरोस भन्ने लाग्छ ।’

उनले ओलम्पियन बन्ने सपना रहेपनि भाग्यले आफुलाई अन्तिममा ठगेको बताए । उनले प्रतियोगिताका लागि निकै मेहनत गरेपनि कर्म अनुसारको फल नपाएको दुखेसो पोखे ।

‘युनिभर्सल कोटामा नाम काटिएको छ । अब छनोटै चरण पार गरेर जाउँला भन्नेछ । अब ओलम्पिकमा छनोट हुने कोशिश गर्नेछु । सास रहुन्जेल आश गर्छु ।’ उनले भने ।

उनले चाँडैनै म्याराथुनमा बैकुण्ठ मानन्धरले कायम राखेको राष्ट्रिय रेकर्ड आफुले भंग गर्ने बताए ।

‘कुनै गाह्रो थिएन । ओलम्पिकमा त्यो तोडिने थियो । तर केही छैन, दुई चार महिना लम्बिएको छ । त्यो रेकर्ड चाँडै तोड्नेछु ।’ पार्कीले भने ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

Bhat Bhateni
बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !