शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

खेलकुद ऐन कार्यान्वयन नहुँदा ठुलो प्रश्न उठ्छ – जीवनराम श्रेष्ठ

बिहिबार, असार १७, २०७८खेलपाटी संवाददाता
खेलकुद ऐन कार्यान्वयन नहुँदा ठुलो प्रश्न उठ्छ – जीवनराम श्रेष्ठ
Classic Tech Internet Ad

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष छन्, जीवनराम श्रेष्ठ । उनी विगठित अवस्थामा रहेको प्रतिनिधि सभाको एमालेतर्फका सांसद हुन् । एमाले सरकारमा छ । खेलकुदमा एमालेको नेतृत्व छ । तर एमाले सरकारले ल्याएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयन हुन सकेको छैन । ऐनको कार्यान्वयन नहुदाँ खेलकुद भद्रगोल छ ।

खेलकुद गतिविधि प्रभावित छ । राजनीतिकको मुलधारमा जस्तै खेलकुदमा समेत एमालेको सरकार, सत्ता असफल देखिन्छ ।

जीवनराम आफै यस ऐन निर्माणको हर्ताकर्ता थिए । ऐन बनाउन उनको सक्रियता निकै लोभ लाग्दो देखिन्थ्यो । तर उनी सम्मिलित सरकारले बनाएको ऐन कार्यान्वनय हुन सकेको छैन । जीवनराम आफै खेलकुदको राजनीतिबाट केन्द्रिय राजनीतिमा उदाएका नेता हुन् । खेलकुद ऐन कार्यान्वयन नहुनुमा खास समस्या कहाँ छन् । यिनै विषयमा खेलपाटीले उनीसंग संवाद गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन किन कार्यान्वयन हुन सकेन ?

यसको विषयमा मन्त्रालय र त्यससंग सम्बन्धित रहेका निकायलाई बुझ्नुपर्ने हुन्छ । मेरो स्थानबाट भन्नुपर्दा, जुन समितिमा बसेर हामीले ऐन बनायौं । संसदले बनाईसकेपछि त्यो ऐन कार्यान्वनय गर्ने जिम्मेवारी सम्बन्धित निकायमा बस्ने, सम्बन्धित मन्त्रालयको कर्तब्य र दायित्व हुन्छ । यो कार्यान्वयन हुन नसक्नु भनेको ठुलो प्रश्न चिन्ह हो ।

उहाँहरुले ऐनलाई पनि ध्यान दिएको छैन । कम्तिमा लोकतन्त्रमा कानुनी राज्यका कुरा हुन्छन् । कानुनलाई वेवास्ता गरेर हिड्ने कुराले लोकतान्त्रिक मुल्य मान्यतामाथिनै आघात पुर्याउने काम हुन्छ ।

यो अवस्थामा ऐनले कसरी काम गर्छ ?

यसले के देखाउँछ भन्दा ऐन अनुसार परिचालन हुनुपर्ने कुराहरु हुन् । व्यवस्थापन हुनुपर्ने कुरा छन् । कार्यान्वयन हुनुपर्ने कुरा छन् । त्यो नहुनु भनेको यो संविधान प्रतिनै वेवास्ता भन्ने बुझिन्छ । यो गम्भिर कुरा हो ।

कानुन निर्माताको हिसाबले तपाईको भुमिका के रहन्छ ?

संसद भएको भए, संसदको विषय पनि हुन्थ्यो । समितिको विषय पनि हुन्थ्यो । अहिले संसद छैन । संसद विगठन भएको अवस्था छ । र संसदबाट ऐन कानुन कार्यान्वनयको पक्ष कस्तो रह्यो भन्ने कुराहरु समितिले संसदले निरिक्षण गर्न सक्छ । सम्बन्धित निकायलाई बोलाएर छलफल र निर्देशन गर्न सक्छ ।

खेलकुदमा मन्त्री फेरिरहदा यसको कार्यान्वयनमा असर गरेको हो कि ?

व्यक्तिको परिवर्तनले त्यसलाई अर्थ राख्दैन । यो संस्थागत जिम्मेवारीका कुराहरु हुन् । सो सुकै व्यक्ति आएपनि जिम्मेवारीमा आएपछि उसको कर्तव्य हुन्छ ।

मन्त्री फेरिएपनि अन्य कुनै निकायमा कार्यकारी फेरिएपनि क्षमा हुदैन । त्यो संस्थाको कुरा हो । व्यक्ति जो रहन्छ, उसको जिम्मेवारीको कुरा हो । कानुन परिपालन गर्ने उसको दायित्व हो । कर्तव्य हो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
 डु प्लेसिसले विराटनगरबाट खेल्ने

डु प्लेसिसले विराटनगरबाट खेल्ने

खड्का मुख्य प्रशिक्षक नियुक्त

खड्का मुख्य प्रशिक्षक नियुक्त

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक