एजेन्सी । ओलम्पिकमा स्वर्ण विजेता हर्डल्स खेलाडी ब्रायना म्याकनिललिया पाँच वर्षको प्रतिबन्ध लागेको छ ।
प्रतिबन्धित औषधि प्रयोग (एन्टी- डोपिङ) को नियम उलंघन गरेको कारण ब्रायनालाई पाँच वर्षको प्रतिबन्ध गरिएको हो ।
एथ्लेटिक्स इन्टीग्रिटी युनिटले एन्टी- डोपिङको नियम उलंघनमा दोषी पाईएको कारण प्रतिबन्ध गरिएको जनाएको छ ।
१२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएपछि उनीमाथि प्रतिबन्ध लागेको हो । यस अघि उनीमाथि अस्थायी निलम्बन गरिएको थियो ।
२९ वर्षिया ब्रायनाले रियो ओलम्पिकमा हर्डल्सको १०० मिटरमा स्वर्ण जितेकी थिइन् । यस्तै २०१३ को विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
तर, ब्रायनाले सन् २०१७ को विश्व च्याम्पियनसिप गुमाएकी थिइन् ।