काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवहाक सदस्य सचिवको जिम्मेवारी पुरेन्द्र बिक्रम लाखेले पाएका छन् ।
सदस्य सचिव रमेश कुमार सिलवाल मंगलबार राष्ट्रिय फुटबल टिमसंग करिब दुई साता विदेश भ्रमणमा निस्किएपछि लाखेले कार्यवहाकको जिम्मेवारी पाएका हुन् ।
लाखे राखेपका बोर्ड सदस्य समेत हुन् ।
सदस्य सचिव सिलवाल सम्मिलित राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण र विश्वकप छनोट खेलका लागि ईराक र कुवेत भ्रमणमा निस्किएको छ । नेपालले मे २९ मा ईराकसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ । लगत्तै कुवेतमा सन् २०२२ को विश्वकप छनोटको बाँकी खेल खेल्नेछ ।
नेपाली टिममा राखेप सदस्य सचिव सिलवाल समेत सहभागी छन् । विश्वकप छनोट खेल्ने खेलाडीलाई हौसला प्रदान गर्न र विदेशस्थिती अन्तराष्ट्रिय खेलकुदका निकायसंग सहयोग, सम्बन्ध स्थापित गर्न सिलवाल भ्रमण दलमा सहभागी बनेका हुन् ।
सिलवालको अनुपस्थितीमा राखेपको दैनिक प्रशासनीक काम लाखेले सम्हाल्नेछन् । कार्यवहाक जिम्मेवारीमा रहेका ब्यक्तिले दुरगार्मी प्रभावका निर्णयदेखि नीतिगत निर्णय गर्न मिल्दैन ।
तर, सदस्य सचिवको अनुपस्थितीमा राखेपको दैनिक प्रशासनीयक कार्य सञ्चालन कार्यवहाक नेतृत्वमा हुने गरेको छ । सिलवालले आफ्नो अनुपस्थितीमा राखेपको कार्यवहाकको जिम्मेवारी बोर्ड सदस्य लाखेलाई दिएका हुन् ।