मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

फर्केर हेर्दा – बक्सिङको त्यो ‘क्रेज’

मंगलबार, ०४ जेठ २०७८दिपेश तिमल्सिना
फर्केर हेर्दा – बक्सिङको त्यो ‘क्रेज’
Classic Tech Internet Ad

काठमाडौं । नेपाल प्रहरी र तत्कालिन शाही नेपाली सेनाको चौघेराभित्र सिमित बक्सिङ खेल २०१६ सालपछि सर्वसाधारणले खेल्न पाए । २०००–०१ देखि प्रहरी र शाही सेनामा भर्ती भएका जवानलाई बक्सिङको तालिम दिन सुरु गरिएको थियो ।

सन् १९४४ देखि १९६८ सम्म शाही सेना र प्रहरी सेवामा मेजर प्रेम बहादुरले बक्सिङको प्रशिक्षण दिएका थिए । २०२१ सालदेखि २८ सालसम्म सदर प्रहरी तालिम केन्द्रमा इन्दु थापाले बक्सिङ सिकाउन थालिन् । त्यतिबेला प्रहरी र शाही सेनाले जङ्गी अड्डा, टुँडिखेल, महराजगञ्ज, नक्साल लगायतका क्षेत्रमा बक्सिङको प्रशिक्षण दिँदै आएको थियो ।

प्रहरी र शाही सेनामा प्रशिद्ध बनेको बक्सिङ सर्वसाधारणले भने खेल्न पाएका थिएनन् । सेनाकै चौघेरामा सिमित बक्सिङबारे २०१६ साल अघिसम्म सर्वसाधारणले बुझ्न समेत पाएका थिएनन् ।

२०१७ सालपछि सर्वसाधारणले पनि बक्सिङ खेल्न पाए । सर्वसाधारणलाई बक्सिङ प्रशिक्षण गर्ने उद्देश्यले काठमाडौंको कमल पोखरीस्थित ‘बाग्मती अञ्चल बक्सिङ क्लब’ को स्थापना भयो । पछि गएर २०३० को दशकमा ‘कमल पोखरी बक्सिङ क्लब’ को नामबाट परिचित हुन पुग्यो ।

सर्वसाधारणलाई बक्सिङ सिकाउने उद्देश्यले लक्ष्मण शमशेर थापाले कमल पोखरी क्लबको स्थापना गरेका थिए । त्यसपछि शमशेर थापाले भारतीय सेनाबाट निवृत्त भएर सुरेश सिंह आलेलाई ‘कमल पोखरी बक्सिङ क्लब’मा प्रशिक्षकको रुपमा ल्याएका थिए ।

सर्वसाधारणलाई बक्सिङ सिकाउन शमशेर थापा पहिला व्यक्ति हुन् । आले दोस्रो व्यक्ति बने । त्यसपछि जितेन्द्रध्वज खाँड, एक बहादुर रानाभाट लगायतले नेपालमा सर्वसाधारणलाई बक्सिङ प्रशिक्षण दिन सुरु गरेका थिए ।

लक्ष्मणको लक्ष्य

लक्ष्मण समशेर थापाले सर्वसाधारणलाई बक्सिङ सिकाउन सुरु गरे । उनले पोखरी चोकमा सानो जिम जस्तो बनाएर सर्वसाधारणलाई प्रशिक्षण दिन सुरु गरेको पूर्व खेलाडी तथा प्रशिक्षक प्रचण्ड शर्मा बताउँछन् ।

क्लबले बक्सिङ सिक्न मासिक करिब ६० रुपैयाँ लिने गर्दथ्यो । तर, बक्सिङ प्रशिक्षणमा नियमित उपस्थित हुनेका लागि त्यो रकम मिनाहा गरिएका थिए ।

‘त्यो बेला बक्सिङ खेलाउने अन्य कुनै क्लब थिएन । पछि योङ स्टार बक्सिङ क्लब भन्ने स्थापना भयो ।’ प्रशिक्षक प्रचण्ड भन्छन्, ‘सुरुमा करिब ६० रुपैँया जति मासिक शुल्क तिर्नु पर्ने थियो । तर चार–पाँच महिना नियमित प्रशिक्षणमा उपस्थित हुनेलाई त्यो शुल्क पनि मिनाहा गरिदिएको थियो ।’

प्रशिक्षक शर्माले आफु माइला मामाका कारण कमल पोखरीमा बक्सिङ सिक्न पुगेको बताउँछन् । उनले बाल्यकालमा आफु चन्चले स्वभावको भएकाले मामाको आग्रहमा बक्सिङ सिक्न पुगेको बताए ।

उहाँले बक्सिङ सुरु गर्दा उपत्यकामा बक्सिङको माहोल निकै राम्रो बनिसकेको थियो । त्यो समय मार्सलआर्टका खेल सर्वसाधारणले सिक्न पाउने अवस्था थिएन । बक्सिङले भने नेपालमा छुट्टै माहोल बनाएको थियो । मार्सल आर्टका खेल सर्वसाधारणले खेल्न नपाएकै कारण आफुले कमल पोखरीमा बक्सिङ सुरु गरेको प्रशिक्षक अर्जुनबहादुर केसी बताउँछन् ।

‘कमल पोखरीले धेरै पहिलादेखि सर्वसाधारणलाई बक्सिङ सिकाउन सुरु गरेको थियो । २०३५ सालबाट बक्सिङ खेल्न सुरु गरेको हुँ ।’ केसीले खेलपाटीसंग भने, ‘सर्वसाधारले मार्सलआर्टका खेलहरु खेल्न पाउने अवस्था थिएन ।’

कमल पोखरीमा बक्सरको घुइँचो

२०२८–२९ सालतिर प्रहरीमा जुडो प्रशिक्षण सुरु भएको थियो । त्यसको करिब एक वर्षपछि जापानी प्रशिक्षकले प्रहरीमै वादरियो कराते सुरु गरेका थिए । त्यसपछि शाही सेनामा पनि जुडो र कराते प्रशिक्षण सुरु गरियो । सर्वसाधारणलाई भने जुडो, कराते सिक्ने अधिकार थिएन । तर बक्सिङ सबैले सिक्न पाउने खुल्ला भइसकेको थियो ।

‘धेरै जसो खेलमा प्रतिबन्ध भएपछि हामी बक्सिङमा लाग्यौ । त्यतिबेला कमल पोखरी क्लबमा करिब ६० जना जति प्रशिक्षण गर्ने आउथ्यौं ।’ उनले भने ।

उनले प्रशिक्षण गर्ने ठाउँ सानो भएपनि मन लगाएरै प्रशिक्षण गरिएको बताए । क्लबमा अहिले जस्तो सामग्री र धेरै प्राविधिक ज्ञान नभए पनि कमल पोखरीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी उत्पादन गरेको केसी बताउँछन् ।

‘त्यतिबेला कमल पोखरीमा ठाउँ सानो थियो । खेलाडी धेरै थिए । सिनियर खेलाडीले खेलिसकेपछि मात्रै जुनियरको पालो आउँथ्यो ।’ केसीले विगत सम्झिए, ‘धेरै खेलाडी हुँदा समाग्रीको समेत अभाव थियो । एउटा मात्रै किक ब्याग थियो । वेटका सामग्री पनि थोरै मात्रा थिए । धेरै कुराको अभावका बीचमा पनि बक्सिङ खेलेका हौं ।’

उनले थपे, ‘त्यही सिकाइले २०३५–३६ सालमा झापामा राष्ट्रिय प्रतियोगिता खेले । सो प्रतियोगितामा स्वर्ण पदक जितेको थिए । सर्वसाधारणले खेल्ने खेल थोरै थिए । त्यसमा पनि थोरै मात्र प्रतियोगिता हुने भएकाले एउटै प्रतियोगितामा ५–६ सय खेलाडीको उपस्थित हुन्थ्यो । इन्डियन लाहुरेको उपस्थिती पनि त्यतिनै रहन्थ्यो । तर अहिले बक्सिङको त्यो माहोल हराएको छ ।’

उनले विस्तारै आफ्नो स्थानमा सुरेश सिंह आलेलाई क्लबमा प्रशिक्षकको रुपमा राखेका थिए ।

नेपाल बक्सिङ संघका वर्तमान अध्यक्ष राम अवाले पनि कमल पोखरी बक्सिङ क्लबै उत्पादन हुन् । कमल पोखरीमा बक्सिङ सुरु गरेका उनी केही महिनापछि थप प्रशिक्षणका लागि रंगशाला पुगे ।

नेपालमा बक्सिङ खेलको इतिहास बोकेको कमल पोखरी बक्सिङ क्लब यतिबेला भने हराएको अवस्थामा छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने यो क्लबको ठुलो योगदान रहेको छ ।

राखेपको बोर्ड सदस्य समेत बनेका प्रशिक्षक केसीले नेपाली बक्सिङमा कमल पोखरीको नाम कसैले पनि विर्सन नहुने बताउँछन् । उनले यस क्लबलाई सर्वसाधारणले खेल्न पाउने नेपाली बक्सिङको पिताभन्दा फरक नपर्ने धारणा राख्छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

Bajaj Pulsar Motorcycle Ad
चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड