काठमाडौं । नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसियसनका महासचिव मेघराज पौडेल इन्टरनेश्नल फेडेरेशन अफ स्पोर्टस क्लाइम्बिङ (आइएफएससी)को इभेन्ट कमिसनको सदस्यमा निर्वाचित भएका छन् ।
एसियन काउन्सिलको साधारण सभाले इभेन्ट कमिसनको सदस्यमा पौडेललाई निर्वाचित गरेको हो । साधारण सभा सन् २०२१ मार्च १९ मा बसेको हो । कमिसनको अध्यक्षमा चीन माउन्टेनेरिङ एसोसियनका लि गुन वि निर्वाचित भएका छन् ।
ओलम्पिक खेल समेत रहेको स्पोर्ट्स क्लाइम्बिङ नेपालमा २०६७ सालदेखि सक्रिय छ । स्पोर्ट्स क्लाइम्बिङले नेपालको प्रतिनिधित्व गर्दै एसियन गेम्समा समेत सहभागीता जनाएको छ । जापानमा यस वर्ष हुने ओलम्पिकमा समेत स्पोर्ट्स क्लाइम्बिङ खेललाई समावेश गरिएको छ ।
इभेन्ट कमिसनमा निर्वाचित पौडेलले यस खेलको इतिहासमा अन्तराष्ट्रिय एरिनमा नेपालले पहिलो पटक पाईला टेकेको बताए । उनले नेपालमा समेत शाहसिक तथा पर्यटकीय खेलको प्रचुर सम्भावना भएको उल्लेख गर्दै यसबाट पयर्टनको विकास एवम प्रवद्र्धन गर्न सकिने उल्लेख गरे ।
‘स्पोर्ट्स क्लाइम्बिङ लगायतका शाहसिक तथा पर्यटकीय खेललाई व्यवसायीकरण गर्न सकिने प्रशस्त आधारहरु छन् । पब्लिक प्राइभेट पार्टनरसिपमा खेल विकास गर्न अझ सजिलो छ ।’ उनले भने ।