पोखरा । राजिब गुरुङ (दिपक मनाङे) गण्डकी प्रदेशको खेलकुद मन्त्री नियुक्त भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्दै मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।
स्वतन्त्र सांसदको रुपमा रहेका मनाङेले आजै सपथग्रहण लिएका छन् ।
मनाङे 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबका सल्लाहकार समेत हुन् ।