काठमाडौं । नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयको सचिवालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
संघले मंगलबार एक विज्ञप्ति निकाल्दै बैशाख १६ गतेबाट अर्को सूचना जारी नभएसम्मको लागि सचिवालय बन्द गरिएको जनाएको छ ।
कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि उपत्यकाका तीन जिल्लाले अतिआवश्यक सेवा बाहक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको कारण सचिवालय बन्द रहेको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ ।
संघको केन्द्रीय कार्यालय ललितपुरको सातदोबाटोमा रहेको छ ।
यस्तै संघले सचिवालय अन्तर्गत रहेका सेवाहरु इमेल वा फोनबाट गर्न सकिने जनाएको छ ।