सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

गर्भमा रहेको बच्चालाई गोल समर्पण !

आइतबार, १२ बैशाख २०७८खेलपाटी संवाददाता
गर्भमा रहेको बच्चालाई गोल समर्पण !
Loading ad...
mustang rice ad

काठमाडौं । विराटनगर सिटी एफसीका मिडफिल्डर एडेलाजा सोमिडेले नेपाल सुपर लिग (एनएसएल) मा गरेको आफ्नो पहिलो गोल गर्भमा रहेको बच्चालाई समर्पण गरेका छन् ।

एनएसएलको आफ्नो पहिलो खेलमा धनगढी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजय सुरुवात गर्ने क्रममा नाईजेरियन मिडफिल्डर एडेलाजाले एक गोल गरेका थिए ।

गोल गरेपछि टिम साथी र प्रशिक्षकसँग ‘टच लाईन’मा ‘सेलेब्रेसन’ गरेलगत्तै एडेलाजाले ‘बल ब्वाई’ सँग बल माग्दै आफ्नो श्रीमती गर्भवती भएको जनाउँदै बललाई जर्सी भित्र राखेर चुम्बन गरेका थिए ।

विराटनगरको जितमा डिफेन्डर बिक्रम धिमाल र मिडफिल्डरद्वय एडेलाजा र सन्तोष तामाङले एक एक गोल गरेका थिए ।

No description available.

विजय सुरुवात गर्ने क्रममा डिफेण्डर बिक्रम धिमालले खेलको १६ औं मिनेटमा गोल गरे । 'ए' डिभिजन लिगमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबाट खेलिसकेको अनुभव रहेका बिक्रमले डिबक्सभित्र पाएको अवसरलाई सहजै सदुपयोग गरे ।

खेलको ५७ औं मिनेटमा एडेलाजाले दोस्रो गोल गरे । उनले डिफेण्डर र गोलरक्षक तथा कप्तान किरण लिम्बुलाई बिट गर्दै ब्यक्तिगत पहिलो तथा टोलीको लागि दोस्रो गोल गरे ।

खेलको ६९ औं मिनेटमा म्यान अफ दि म्याच समेत चुनिएका सन्तोष तामाङले गोल गर्दै टोलीलाई ३-० को जित निश्चित गराए । त्रिभुवन आर्मी फुटबल क्लबबाट 'ए' डिभिजन लिग खेलिरहेका सन्तोषलाई थ्रीस्टार र च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलिसकेका सुनिल बलले बल उपलब्ध गराएका थिए ।

जितसँगै उपाधि दाबेदार विराटनगरले तालिकामा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

खेलपछि एडेलाजाले आफ्नो श्रीमती एडेमाइड गर्भवती भएको बताएका थिए । हाल नाईजेरियामा रहेकी एडेमाइडले ४ महिनाको गर्भ बोकेकी छिन् ।

कोरोना महामारि पछि गृह नगर फर्किएका एडेलाजा केहि हप्ता अघि मात्रै एनएसएल खेल्न नेपाल फर्किएका थिए ।

No description available.

एडेलाजाले यस अघिका दुई सिजन समेत नेपालमै बिताईसकेका छन् । गत सिजन मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिगको उपाधि दिलाएका एडेलाजाले त्यस अघि (बिना रेलिगेशन) को लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

लिग जितेसँगै एडेलाजाले मनाङबाट प्रतिनिधित्व गर्दै एएफसी कपको समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए ।

दुबै क्लब (मनाङ, मछिन्द्र) बाट एक एक सिजन लिग खेलको मिडफिल्डर एडेलाजा सोमिडेले समान ४-४ गोल गरेका थिए ।

शीर्ष स्थानमा रहेको विराटनगरले अब आफ्नो दोस्रो खेलमा पोखरा थण्डर्सको सामना गर्नेछ ।

No description available.

No description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

Loading ad...
xTreme Energy Drink
नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी