सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधिमा पोखरा थण्डर्सको दाबी

आइतबार, १२ बैशाख २०७८नमीन ढकाल
उपाधिमा पोखरा थण्डर्सको दाबी
Loading ad...
mustang rice ad

काठमाडौं । कीर्तिमानी लिग विजेता मनाङ मर्स्याङदी क्लबसंग जोडिएको नाम हो, लक्ष्मी हुन्डाई ।

मनाङसंगको आबद्धताले लक्ष्मी हुन्डाई लामो समय ‘लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी' नामले घरेलु फुटबलमा परिचित बन्यो ।

अब लक्ष्मी हुन्डाई आफै क्लब किनेर फ्रेन्चाईज फुटबलमा होमिएको छ । निराकर श्रेष्ठ स्वामित्व रहेको लक्ष्मी ग्रुपले ‘पोखरा थण्डर्स’ नामको फ्रेन्चाईज टोली नेपाल सुपर लिगका लागि किनेको छ ।

पोखरा पर्यटकीय शहर हो । तर पछिल्लो समय पोखराको परिचय खेलकुदसंग जोडिएको छ । त्यसैले पोखराले भन्न थालेको छ, खेल पर्यटन । पोखरेलीहरु खेलकुदलाई अत्तिनै माया गर्छन् । रंगशालामा जुन खेल होस, टिकट काटेर दर्शक खेल हेर्न पुगिहाल्छन् । पोखराको खेल संस्कृति साच्चिकै लोभ्याउने खालको छ ।

फुटबलको व्यवसायीक छलाङ मानिएको एनएसएलमा पोखरा थण्डर्सले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ । पोखरामा फुटबलको मर्म बुझेकै कारण पोखरा थण्डर्सले अक्सनबाट पोखरेली खेलाडीलाई धेरै मुल्यमा किन्यो । हाल पोखरा थण्डर्समा ए डिभिजन लिग र राष्ट्रिय टोलीबाट खेलिसकेका ५ स्थानीय खेलाडी छन् । अक्सनमा सबैभन्दा खर्चिलो क्लब बनेको पोखराले मार्की खेलाडीमा नवयुग श्रेष्ठलाई अनुबन्धन गरेको छ । अक्सनबाट आएका राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङले टोलीको कप्तानी समाल्ने छन् ।

आर्मीका प्रशिक्षक नविन न्यौपाने मुख्य प्रशिक्षक रहँदा व्यवस्थापकमा सुजल श्रेष्ठले सहयोग गर्नेछन् । चोटका कारण एनएसएल नखेल्ने निर्णय गरेका सुजल श्रेष्ठ टिमको म्यानेजर रहनेछन् । उनै सुजललाई चार क्लबले अक्सनमा बिट लगाएका थिए ।

पोखरा, धनगढी, काठमाडौं र बिराटनगरले बिट लगाउँदा गोलाप्रथाबाट सुजल पोखरा पुगेका हुन् । सुजलका लागि पोखराले २ लाख रुपैयाँ मुल्य हाल्यो । चोटका कारण उनले प्रतियोगिता नखेल्ने भए । तर मनाङमार्फत लक्ष्मी हुन्डाईसंग जोडिएका सुजलले क्लब छाड्न चोहनन् । बरु व्यवस्थापकको नयाँ भुमिकामा बस्न तयार भए । सुजलको स्थानमा राष्ट्रिय टोलीका अर्का सदस्य रवि शंकर पासवानलाई पोखराले अनुबन्धन गर्यो ।

अन्तिम समयमा सहभागी टोलीको कोटा पुगेपछि रवि बिक्री हुन सकेका थिएनन् । करिब ३ हप्ता तयारी गरेको पोखरा थण्डर्स गत बिहीबारमात्रै काठमाडौं आईपुगेको हो । उसले विदेशी तीन र अक्सनबाट आएका खेलाडीलाई पोखरामा क्लोज क्याम्प राख्दै तयारी थालेको हो ।

एएफसी कप खेलिरहेका कारण पोखरामा आबद्ध आर्मीका केहि खेलाडी भने अन्तिम समयमा मात्रै अभ्यासमा समावेश भएका थिए । यद्यपि टोलीको तयारी निकैनै राम्रो र उत्साहका साथ भएको ब्यवस्थापक सुजल श्रेष्ठले खेलपाटीलाई बताए ।

‘पोखरामा निकैनै राम्रो तयारी गर्न पायौं । फुटबल संघ, सहाराले धेरै सहयोग गरे । ग्राउण्ड पनि राम्रो पाएका कारण तयारी राम्रो भएको छ ।’ १३ औं सागमा नेपाललाई स्वर्ण पदक जिताएका कप्तान सुजलले भने ।

हाल टोलीका मुख्य प्रशिक्षक नविनलाई कोरोना संक्रमण देखिएसँगै अर्का ए लाईसेन्स प्राप्त प्रशिक्षक राजेश शाहीले टोलीलाई प्रशिक्षण दिईरहेका छन् । शाही सहायक प्रशिक्षक हुन् । आर्मी एएफसी कप छनोटमा लाग्नु र केहि खेलाडी मोफसल प्रतियोगितामा रहँदा पोखराले सोचे अनुसार तयारी गर्न भने पाएन । मुख्य प्रशिक्षकनै नरहेको अवस्थामा शाही र श्रेष्ठले त्यसलाई मिलाउने प्रयास भने गरे ।

‘चार–पाँच दिन पुरा सेट सहित अभ्यास गरेका छौं । त्यसअघि खेलाडी यता उति हुँदा पाएनौं । अभ्यास समय पनि कम भयो । तर पनि प्रतियोगिताको लागि तयार छौं ।’ सुजलले भने ।

पोखराले आफ्ना तीन विदेशी कोटामा क्यामरुनका खेलाडी झिकाएको छ । अफ्रिकन रुट्स एसोसियसनबाट मोफसल खेल्न नेपाल आएका मोउसा, रिम र के यान्निक हाल टोलीमा रहेका छन् । व्यवस्थापक सुजल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने र त्यसको लागि तयार रहेको बताउँछन् ।

‘विदेशी, स्थानीय, अक्सनबाट आएका खेलाडी बीच राम्रो तालमेल छ । उपाधि होडमै रहेर खेल्छौं । उपाधि जित्न मेहनत गर्छौं ।’ सुजल भन्छन् ।

हाल पोखराको प्रतिनिधित्व गर्ने कप्तान अनिल गुरुङसँगै डिफेण्डर अजित भण्डारी, गोलरक्षक दिप कार्की, भिषन गुरुङ, मान बहादुर तामाङ, अजित प्रजापती छन् ।

यस्तै, ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका दिपक गुरुङ, नितिन थापा, राजेश परियार, गौतम श्रेष्ठ, सुजित बुढाथोकी, लगायत खेलाडीको पोखरालाई राम्रो साथ रहनेछ ।

स्थानीय खेलाडीमा आयुष घलान र भिषोन गुरुङ रहनेछन् । आयुषले घरेलु लिगमा खुमलटार युवा क्लबबाट बी डिभिजन र भिषोनले हिमालयन शेर्पाबाट ए डिभिजन लिग खेलेका थिए ।

पोखराका अन्तिम २० खेलाडी :

दिप कार्की, अजित प्रजापती, अजित भण्डारी, मान बहादुर तामाङ, दिपक गुरुङ, गौतम श्रेष्ठ, सुरज गुरुङ, नितिन थापा, शुशिल राई, सुजित बुढाथोकी, प्रविन कुमार स्याङ्तान, रवि पासवान, राजेश परियार, अनिल गुरुङ, नवयुग श्रेष्ठ, भिषोन गुरुङ, आयुष घलान, मोउसा, रिम, के यान्निक ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

Loading ad...
xTreme Energy Drink
अन्नपूर्णमा मंगोलियाका सेटर तुर्मान्डाख

अन्नपूर्णमा मंगोलियाका सेटर तुर्मान्डाख

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा